१८ FEBRUARY २०२३ शनिवारका दिन अष्ट्रेलियाको SYDNEY मा आयोजित मोना अष्ट्रेलियाको १७ औं साधारण सभा र ८ औं अधिवेशनलाई
भव्यताका साथ सम्पन्न गर्नका निमित्त आफ्नो अर्थपुर्ण सुझाव सहित अमुल्य समय उपलब्ध गराउनु हुने यस मोना अष्ट्रेलियाका आदरणीय संस्थापक ज्युहरु, सम्पुर्ण पुर्व अधक्षय र कार्यसमितिका सदस्य ज्युहरु निवर्तमान अधक्षय ज्यु, सम्पुर्ण सल्लाहकार ज्युहरु , कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि ज्युहरु, पारिवारिक भेटघाटका लागि अष्ट्रेलिया आगमन गर्नु भएका आदरणीय अभिभावक ज्युहरु, विभिन्न उद्देश्य सहित अष्ट्रेलियाका विभिन्न भागमा रहनुहुने म्याग्देली महानुभावहरुलाई हिजोको कार्यक्रममा उपस्थितिका लागि हार्दिक हार्दिक नमन तथा धन्यवाद प्रकट गर्न चाहान्छौं | विगतमा मोना अष्ट्रेलिया मातहत म्याग्देली प्रवासीहरुका सहयोग र सहकार्यमा जिल्ला र म्याग्देली प्रवासी माझ सुसम्पन्न गरिएका कार्यहरुका समिक्षा उपर संस्थाको सांगठनिक स्थायित्व थप कायम गर्नका निमित्त २०२३-२०२५ का लागि मोना अष्ट्रेलियाको सम्पुर्ण कार्यसमितिमा निर्विरोध निर्वाचित गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्नु हुने निर्वाचन मण्डल लगायत सम्पुर्णमा हार्दिक धन्यवाद प्रकट गर्दछौं | निरन्तर हजुरहरुको सहयोग ,सहकार्य र उपस्थितिले
हामीलाई थप उर्जा प्राप्त भएको जानकारी सहित आगामी दिनमा संगठनको नियममा रहेर संस्था संगै जिल्ला र प्रवास बिच समाज हित , सदभाव र सम्बन्धलाई कायम राख्ने प्रतिबध्दता जाहेर गर्दछौं |
जय मोना
२०२३-२०२५ का लागि निर्विरोध निर्वाचित मोना अष्ट्रेलिया कार्यसमितिका नामावली :